Loving nepal news

Sunday, March 20, 2011

घुस खाँदाखाँदै पक्राउ सभासदलाई ६ महिना कैद


काठमाडौं, चैत्र ६ - घुस खाँदाखाँदै पक्राउ एमाले सभासद् डोलबहादुर -डीबी) कार्कीलाई ६ महिना कैद गर्न विशेष अदालतले आइतबार फैसला गरेको छ ।

कार्कीलाई ६ महिना कैद गरी एक लाख रुपैयाँ जरिवाना असुल्न पनि विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु सदस्यहरु ओमप्रकाश मिश्र केदारप्रसाद चालिसेको इजलासले आइतबार यस्तो आदेश दिएको हो ।

विशेष अदालतले कार्कीका सहयोगी 'स्वामी एक हजार आठ' ब्रम्हानन्द उदासीनलाई पनि ४ महिना कैद र एक लाख रुपैयाँ दण्ड जरिवानाको फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई साढे चार वर्ष कैद सजायको माग गर्दै असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले कार्कीबाट चार लाख पाँच हजार बिगोसमेत मागरेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २९५९ को दफा ३-१० को 'घ' अनुसार एक लाखदेखि पाँच लाख रुपैयाँ घूस लिनेलाई ६ महिनादेखि डेढ वर्षसम कैद सजाय तोकेको छ । त्यसकै दफा २४ मा संवैधानिक निकायमा नियुक्त भएर भ्रष्टाचार गरेमा थप तीन वर्ष कैद सजाय तोकिएको छ ।

इन्स्पेक्टर बनाइदिने भन्दै रकम असुलिरहेका बेला सभासद् कार्की र उनका सहयोगी स्वामी उदासीन भीमसेनगोलास्थित डेराबाट भदौ दोस्रो साता पक्राउ परेका थिए । कार्कीले इक्स्पेक्टरका लागि पाँच लाख चाहिने भन्दै बैना बापत एक लाख रुपैयाँ लिएकैबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो ।

सभासद् काकी केही दिनपछि पाँच लाख रुपैयाँ बुझाएर धरौटीमा रिहा भएका थिए । पुर्ख्यौली घर स्याङ्जा भएका कार्की हाल लमजुङका बासिन्दा हुन् । उपाध्यक्ष बामदेव गौतम निकट मानिने कार्की एमालेबाट समानुपातिक सभासद् थिए । एमालेले कार्कीलाई पदबाट निलम्बन गर्न सभामुख सुवासचन्द्र नेम्वाङलाई पत्र पठाइसकेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks