
कान्तिपुर संवाददाता
काठमाडौं, चैत्र ६ - भारतीय नेताहरुसँग भेट गर्न भन्दै चार दिनअघि भारत गएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार आइतबार स्वदेश फर्किएका छन् । उनीसँगै भारत गएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने आएनन् ।
नेपाल आएलगत्तै त्रिभूवन विमानस्थलमा फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान माओवादी-एमाले गठबन्धन सरकारप्रति भारत संशकित रहेको बताए । झलनाथ खनाल नेतृत्वको बाम गठबन्धनले जनवादी संविधान जारी गर्न लागेको भन्दै भारत संशकित रहेको उनले दाबी गरे ।
उनले भारतीय नेताहरुसँग आफूहरुले नेपालमा अब ताजा जनादेशको आवश्यकत्ता रहेको बताएको उल्लेख गरे । 'शान्ति प्रक्रिया पूरा नगर्ने, संविधान निर्माण पूरा नगर्ने अनी ६ महिना, तीन महिला संविधानसभाको म्याद थप्नेभन्दा ताजा जनादेशमै जानुपर्छ,' गच्छदारले भने । भारतीय नेताहरुले नयाँ संविधान निर्माण अघि नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएको गच्छदारले बताए ।
भारतमा रहँदा तीन मधेसवादी दलका अध्यक्षहरुले भारतीय विदेश मन्त्री एसएम कृष्णा, अर्थमन्त्री प्रणव मुखर्जी, लोकसभामा भारतीय विपक्षी दलकी नेत्तृ सुष्मा स्वराज, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादव र कंग्रेस आइका विदेश विभाग प्रमुख करण सिंहसँग भेटेका थिए। यस्तै उनीहरुले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र भारतीय विदेशसचिव निरुपमा रावसंग पनि भेट गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks