Loving nepal news

Monday, March 21, 2011

एमालेमा कार्यबाहक अध्यक्ष कसैले पाउँदैनः गौतम


प्रेमकुमारी घले

लमजुङ, चैत्र ७ - एमाले उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री भएपछि पनि पार्टी अध्यक्ष झलनाथ खनालले कसैलाई कार्यबाहक नदिने दाबी गरेका छन् ।

कार्यबाहक अध्यक्षका लागि पार्टीभित्र चर्चा भइरहेकाबेला दाहालले सरकारमा जाँदैमा पार्टी दायित्व छाड्नुपर्ने प्रावधान नभएको बताए ।

'पार्टीको विधानमा देश छाडेर गएपछि मात्र कार्यबाहक दिने प्रावधान छ,' उनले सोमबार लमजुङमा सञ्चारकर्मीसित भने, 'तर सरकारमा जाँदैमा पदीय दायित्व छाड्नुपर्ने प्रावधान छैन, मुख्य जिम्मेवारी त्यसरी छाड्नु पनि हुँदैन ।'

उपाध्यक्ष गौतमले सरकारले अव ४/५ दिनमै पूर्णता पाउने बताए । माओवादीसँग वार्ता भइरहेको र विवाद मिलाउन छुटै संयन्त्र समेत गठन गरिसकेकाले सरकारले पूर्णता पाउने उनले बताए ।

गौतमले माओवादी र एमालेबीच भएको ७ बुँदे सहमतिमा गृहमन्त्री माओवादीलाई नै दिने सहमति भएकाले त्यसमा किचलो गरिरहनुको कुनै अर्थ नरहने बताए । 'सात बुँदे सहमतिमा गृह माओवादीलाई दिने भन्ने सहमतिमा हस्ताक्षर गरिएको छ, नेता गौतमले भने 'सवै कुरा आफैले गुटमुट्याउनु हुँदैन ।'

विशेष अदालतले ६ महिना कैद र एक लाख दण्ड जरिवाना फैसला गरेका सभासद् डीबी कार्कीलाई परिबन्धमा पारिएको उनले जिकिर समेत गरे । 'भ्रष्टाचार गरेको हो, अथवा घुस लिएको हो भन्ने मलाई लाग्दैन, परिबन्धमा पारिएको छ,' उनले भने, 'यदि म वकिल भएको भए सोही अनुसार वकालत गर्थें वा न्यायाधीश भएको भए यथेष्ट प्रमाणहरु खोज्थें र त्यहीअनुसार फैसला गर्थे ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks