Loving nepal news

Monday, March 21, 2011

कांग्रेसलाई सरकारमा लैजान पहल गर्छुः कोइराला * ‘माओवादी पनि सरकारमा भएकाबेला यो उपयुक्त मौका हो’ ‘माओवादी नेताहरुसँग मेरो कुरा भएको छ । उ


कान्तिपुर संवाददाता

काठमाडौं, चैत्र ७ - कांग्रेस नेतृ सुजाता कोइरालाले शान्ति र संविधानको सुनिश्चितताको लागि कांग्रेस सरकारमा सहभागी हुनु पर्ने बताएकी छन् ।

‘सरकारमा जाँदा समस्याहरु समाधान हुन्छन् र शान्ति प्रक्रिया निश्कर्समा पुग्दै संविधान जारी हुन्छ भने कांग्रेस सरकारमा जानु पर्छ,’ कोइरालाले सोमबार रिपोर्टर्स क्लवमा भनिन्, ‘यसको विकल्प छैन ।’ माओवादी सरकारमा सहभागी भएको अहिलेको अवस्था राष्ट्रिय सहमति कायम गरेर सबै समस्या समाधान गर्ने उपयुक्त मौका भएकोले यसको फाइदा उठाउनु पर्ने उनको धारणा छन् । ‘पार्टीमा निर्णायक ‘पोजिसन’मा त म छैन तर मेरो मान्यता भने कांग्रेस सरकारमा गएर शान्ति र संविधान निर्माणमा सहयोग गर्नुपर्छ भन्ने छ,’ उनले थपिन्, ‘त्यसको लागि म कांग्रेसलाई सरकारमा लान पहल गरिरहने छु ।’

माओवादी प्रजातान्त्रिक धारमा आइसकेको दावी गर्दै उनले अहिले कुनै पनि ध्रुविकरणको कुरा गर्न नहुने धारणा राखिन् । ‘माओवादी नेताहरुसँग मेरो कुरा भएको छ । उहाँहरु अब फेरि जंगल फर्कनु हुन्न । सबै दल प्रजातान्त्रिक हुन यस्तो बेलामा ध्रुविकरणको कुरा गर्नु भनेको मुलुकलाई दुर्घटनामा धकेल्नु हो,’ उनले भनाइ थियो ।

एमाले नेता प्रदीप ज्ञवालीले कांग्रेस सरकारमा आउने अवस्थामा नयाँ सहमति गर्न वा सात बुँदे सहमति संसोधन गर्न एमाले तयार रहेको भन्दै कांग्रेसलाई कुनै आशंका नगर्न आग्रह गरे । सात बुँदे सहमति सरकार निर्माणको लागि भएको भन्दै उनले त्यसलाई त्यसैमा सीमित राखेर नयाँ सहमतिका साथ अगाडि बढ्नु पर्ने धारणा राखे ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले सात बुँदे सहमतिकै आधारमा अहिलेको सरकार निर्माण भएकोले सात बुँदे सहमति खारेज भए सरकार नै भंग हुने बताए । कांग्रेस आए सात बुँदेकै अन्र्तवस्तुलाई टेकेर संशोधन गरेर अगाडि बढ्न भने आफूहरु तयार रहेको उनले बताए । ‘सात बुँदे सम्झौता खारेज भए अप्ठ्यारो अवस्था आउँछ,’ उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks