Loving nepal news

Monday, March 21, 2011

गुराँसले वनै रातो मनै रातो


सुरेन्द्र सुवेदी

संखुवासभ, चैत्र ७ - गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) राताम्मे भएको छ । चैत सुरुसँगै टिएमजे राताम्मे भएको हो । गुराँस वनले ढाकिएको तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम टिएमजेमा ढकमक्क गुरा“स फुलेपछि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय बताउँछन् । विश्वमा पाइने ४२ मध्ये टिएमजे क्षेत्रमा २८ प्रजातिका लालि गुराँस पाइन्छ ।

संखुवासभाका मंगलबारे, श्रीमाने, गुफापोखरी, सुकेपोखरीजस्ता पर्यटकीय क्षेत्रमा गु“रास फुलेर राताम्मे भएपछि पर्यटकको संख्या बढ्दो रहेको नुनढाकी– ९ को गुफापोखरी प्राविकि प्रअ हिमा खनालले बताइन् ।गुफापोखरीमा आगामी वैंशाख १ देखि ७ गतेसम्म गुराँस महोत्सव हुँदैछ । गुराँस महोत्सवको चर्चासँगै फुलेको गुराँस वन अवलोकन गर्न आन्तरिक र वाह्य पर्यटक आउन थालेपछि यो क्षेत्रका होटल भरिन थालेका छन् । केही दिन अघिसम्म होटलमा एक/दुई जना बास बस्न आउने गरेकोमा अहिले होटल सधै भरिन थालेको गुफापोखरीको खनाल होटलकी मित्रकला खनालले टेलिफोनमा बताइन् ।

ताप्लेजुङ र पाँचथरबीच भएर बग्ने काबेली र मेची– कोशीको सीमा छुट्याउने तमोरनदीमा रयाफ्टिङ गर्न आउने पर्यटक यही बाटो आउँछन् । तेह्रथुमको बसन्तपुरहुँदै विदेशी पर्यटक आउन थालेपछि टिएमजेको रौनक अलग भएको गुफापोखरी पर्यटन विकास केन्द्रका नरजीत लिम्बूले बताए ।

गुराँस वन वैंसाखभर राताम्मे हुन्छ ।

यो समय करिव १० हजार आन्तरिक र वाह्य पर्यटकले गुराँस क्षेत्रको अवलोकन गर्छन् । गुराँसको फुलबाट बनेको जुस र मध्यपान सेवन गर्दे गुराँस वन अवलोकन गर्दा बेग्लै आनन्द आउने जीविकोपार्जनका लागि वन कार्यक्रम धनकुटाका रवि श्रेष्ठले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks