Loving nepal news

Tuesday, March 22, 2011

सकारात्मक प्रयास





काठमाडौ, चैत्र ८ - काठमान्डु सहरका बारेमा साहित्यका धेरै पाना भरिए, धेरै गायक/गायिकाले गुणगानमा आफ्नो स्वरको पालिस लगाए । देशवासीको सपनाको सहर, राजधानी काठमाडौंबारे विदेशले पनि बेलाबखत चर्चा नगरेका होइनन् । तर एक विदेशीले भने राजधानीको पनि राजधानी मानिने काठमाडौंको ठमेलको सान्दर्भिक नठानिएको तर यथार्थ चित्रलाई उजागर गर्ने प्रयास गरेका छन् ।

राजधानीका फिल्म हलमा चलिरहेको बेलायती नागरिक मुरे केरले नेपाली भाषामै बनाएको फिचर फिल्म 'सिक सिटी' ले यही विषयलाई देखाउन खोजेको छ । सपनाहरू कुद्ने राजधानीको सडकमा कसैले छिटो लक्ष्य हासिल गर्ने लोभमा 'रङ साइडबाट ओभरटेक' गर्न खोज्दा आफू त दुर्घटनामा पर्छ नै, अरूलाई पनि अनाहकमा कसरी त्यसको सिकार बनाउँछ, 'सिक सिटी' ले थोरै नै भए पनि खोज्ने हिम्मत गरेको छ ।

प्रायः विदेशी फिल्मको नक्कल गर्ने आरोप लागिरहने स्वदेशी फिल्मकर्मीले नै बिर्सिरहेको पाटोलाई एक विदेशीले अध्ययन गरी यथाशक्य सार्थक बनाउने प्रयास स्वरूप फिल्म 'सिक सिटी' बनेको छ । मुरेकै एकल लेखन, निर्देशन र सम्पादनमा बनेकाले पनि फिल्मले रोजेको विषयवस्तु काठमान्डु सहर एक 'सिक सिटी' अथवा बिरामी सहर हो ।

कृष्ण नामको एक पं्रतिनिधि पात्र धनी बन्ने सपना देख्छ । लक्ष्यमा चाँडै पुग्न उसले लागूऔषध ओसारपसारको गलत बाटो हुँदै ओभरटेक गर्न तम्सिन्छ । जसको नतिजा दुर्घटना नै हो भन्ने निश्चित त छ नै, त्यसले दुर्घटनाले अरू कति नियममा गुड्नेलाई समेत निल्यो, 'सिक सिटी'को कथा यथार्थपरक छ । कथाको सुरुवात नै आकाशमा उडिरहेको चील असाध्यै मन पराउने र त्यसरी नै उड्ने चाहनामा पहाडबाट हाम फाल्ने केटाको कहानीबाट गरिन्छ । जुन गरिबीले ग्रस्त परिवारलाई सुखसयलमा राख्ने उत्कट चाहनाले इमानदारिताको कमाइलाई झन्झट ठानी अवैध धन्दा अँगाल्ने कृष्ण पात्रको चरित्रसँग मिल्दो छ ।

तीन महिनाअघि सम्पन्न पर्वतीय फिल्म महोत्सवको नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट फिल्म बन्न सफल 'सिक सिटी'का केही 'आपत्तिजनक' दृश्यलाई सम्पादन गरी सवा एक घन्टा लामो बनाई हलमा लगाइएको हो । फिल्मको मूल भावले वास्तविकताको चित्रण गरे पनि प्राविधिक रूपमा कमजोर छ । सम्पादनमा उल्लेख्य मिहिनेत नपुग्दा केही दृश्य सुस्त गतिमा बग्छन् भने कतै हतार हतारमा । तर मुरेले फिल्मको पाश्र्वसंगीतमा सुकर्म ब्यान्डका श्याम नेपालीलाई यहीँकै मौलिक बाजाको राम्रो प्रयोग गर्न लगाएर अनुकरणीय काम गरेका छन् । निर्देशक मुरेले फिल्मका सबै दृश्यलाई अनौपचारिक शैलीमा तयार पार्ने क्रममा संवाद र हाउभाउमा मुख्य पात्र कृष्णमा देखिएका अर्पण थापा सहज देखिएका छन् भने केहीको प्रस्तुति फितलो देखिन्छ ।

पात्रको चरित्र चित्रणमा लेखक अझ खुल्न सक्नुपथ्र्यो । पैसाको लालचमा फसेको कृष्णलाई अनैतिक काममा लागेको थाहा पाएरै पनि पत्नीले हस्तक्षेप नगर्नु र ससुराले पनि उसलाई सफा हृदयको र पापी मन नभएको भन्नुले असल हुँदाहुँदै खराब बनेको चरित्रलाई पुस्ट्याइँ गर्ने आधार देखिएको छैन । त्यसबाहेक फि
सुशील पौडेल

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks