Loving nepal news

Wednesday, March 9, 2011

गरीब र धनीबीचको खाडल घटाउन बेलायती सहयोग दोब्बर


जनक नेपाल

नेपालगन्ज, फाल्गुन २५ - बेलायती अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री अलान डन्कनले नेपालमा गरीब र धनीबीचको खाडल ठूलो भएकाले त्यसलाई घटाउन सहयोगलाई दोब्बर गर्न लागेको बताएका छन् ।

बुधवारै उक्त सहयोग घोषणा गर्न लागेको उनले बताए । 'हामी नेपाललाई माया गर्छौ । त्यसैले सहयोग बृद्धि गर्न चाहेका हौ' मध्यपश्चिमका बाँके र सुर्खेतको भ्रमण सकेर फर्किने क्रममा अलानले सन्चारकर्मीहरुसंग भने,- 'यहाँ १० गुणा स्रोत बढाए पनि गरिबी रहनसक्छ । तैपनि, धनी र गरिबबीचको खाडल घटाउने पहल गर्दैछौं ।'

बेलायतले नेपालको राजनीतिमा हस्तक्षेपकारी र साम्राज्यवादी नीति नलिएको उनले दाबी गरे । आफूहरु विकासबाट राजनीति, शान्ति प्रक्रिया र आर्थिक सहयोगमा सघाउ पुर्‍याउन चाहेको उनले बताए । 'राजनीतिमा साम्राज्यवादी नीति छैन । सल्लाह-सुझाव मात्र दिन्छौ'-राज्यमन्त्री अलानले भने,- हामीलाई विकासप्रति विश्वास छ ।' सशस्त्र द्वन्द्वका बेला पनि बेलायती सहयोगका विकासे कार्यक्रमहरु अबरुद्ध नभएकोमा उनले गर्व गरे ।

गरीबी न्यूनीकरणका कार्यक्रमहरुको प्रभावकारीता बुझ्न आफू चार दिने भ्रमणका बीचमा पनि मध्यपश्चिम आएको उनले बताए । सार्वजनिक लेखा परिक्षण र पारदर्शिता रहेकाले वेलायती सहयोगका कार्यक्रमहरु प्रभावकारी रहेको पाएको उनले दाबी गरे । सुशासन, आर्थिक उन्नती, सहश्राब्दी विकास लक्ष्य र जलवायु परिवर्तन कम गर्न वातावरणिय कार्यक्रममा बेलायती सहयोग दोब्बर गर्न लागेको राज्यमन्त्री अलानले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks