Loving nepal news

Wednesday, March 9, 2011

विघटित संसद नब्युँतिने


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन २५ - व्यवस्थापकीय अंगको स्वरुप निर्धारण समितिको मस्यौदामा कायम रहेको अधिकांश विवादमा दलहरुबीच सहमति भएको छ । संवैधानिक समितिले संविधान निर्माणमा देखिएको विवादमा सहमति खोज्न गठन गरेको उपसमितिको बधबार बसेको बैठकले निर्वाचन प्रणाली बाहेक अन्य सम्पूर्ण विषयमा सहमति जुटाएको हो । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनका कारण केही दिन बैठक बसेको थिएन ।

निर्वाचन प्रणाली सम्बन्धमा भने उक्त विषयसंग जोडिएका अन्य समितिको मस्यौदा समेत संगै राखेर छलफल गरिने सहमति बैठकमा भएको छ । व्यवस्थापिका संसद विघटन भएर ६ महिना भित्र चुनाव हुन नसके पुरानै संसद पुर्नस्थापना हुनुपर्ने केही दलको प्रस्तावलाई बैठकले अस्विकार गरेको छ । आगामी संविधानमा संसद ब्यूँतिन नसक्ने व्यवस्था राख्न दलहरुबीच सहमति भएको छ । यसअघि शेरबहादुर देउवाले विघटन गरेको संसद ०६२/०६३को आन्दोलनको बलमा पुर्नस्थापना भएको थियो ।

समितिले यसअघि नै केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एउटा रहने बारे सहमति जुटाएको थियो । व्यवस्थापिका र विभन्न प्रदेशमा विधायीकाको गठन,व्यवस्थापन,कार्यविधि लगायत ३२ वटा बुंदामा दलहरुबीच विवाद कायम थियो । केही बुंदा भने अन्य समितिको मस्यौदासंग बाझिएकाले संगै राखेर छलफल गर्ने सहमति भएको छ ।

भोलि बस्ने बस्ने बैठकमा न्याया प्रणाली सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल हुनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित उपसमतिलाई विभिन्न ७५ वटा बुंदामा देखिएको विवादमा सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks