Loving nepal news

Friday, March 11, 2011

भारतको लक्ष्य अपराजित यात्रा


नागपुर (एएफपी), फाल्गुन २८ - भारत विश्वकप क्रिकेटमा अझै सन्तुलित टिम हुन संघर्षरत छ । समूह 'बी' मा रहेको उसले शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछ । उसको मुख्य लक्ष्य टिम सन्तुलनमा ल्याउनु हो । प्रतियोगितामा घरेलु समर्थकसामु राम्रो प्रदर्शन गर्ने दबाब भारतीय टिममा छ । आयरल्यान्ड र नेदरल्यान्ड्स जस्ता कमजोर टिममाथि समेत उसले सहज जित निकाल्न सकेन ।

भारतीय कप्तान महेन्द्र सिंह धोनीलाई दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ क्रम मिलाउन सहज हुने छैन । प्रतियोगितामा राम्रो सुरुआत गरेको दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग ६ रनको हार बेहोर्‍यो । दक्षिण अफ्रिका भारतलाई हराउँदै फेरि जितको लयमा र्फकने योजनामा छ । भारत प्रतियोगिताको अपराजित टिम हो । उसले इंग्ल्यान्डविरुद्ध खेलमा ३ सय ३८ रन बनाए पनि जित हात पार्न सकेन ।

भारतीय ब्याट्सम्यानका लागि दक्षिण अफ्रिकाविरुद्ध शनिबारको खेल महत्त्वपूर्ण हुनेछ । दक्षिण अफ्रिकाका पेस बलर डेल स्टेन र मोर्ने मोर्केल उत्कृष्ट बलर

हुन् । भारतका प्रारम्भिक ब्याट्सम्यानद्वय सचिन तेन्दुलकर र वीरेन्द्र सहवागको जोडी खासै जम्न सकेको छैन । दुवैले प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

टिमलाई दुवैबाट नकआउट चरणअघि महत्त्वपूर्ण इनिङको खाँचो छ । विश्वकपअघिको वान-डे शृङ्खलामा तेन्दुलकर खेलेका थिएनन् । त्यसमा भारत ३-२ ले पराजित भएको थियो ।

पछिल्लोपल्ट तेन्दुलकरले दक्षिण अफ्रिकाविरुद्ध खेल्दा कीर्तिमानी २ सय रन बनाएका थिए । त्यो वान-डे क्रिकेटमा उनले सबैभन्दा ठूलो व्यक्तिगत स्कोर गरेका थिए । सहवागले पहिलो खेलमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए ।

अन्य खेलमा उनले सोचेको जस्तो खेल्न सकेका छैनन् । गौतम गम्भीर पनि प्रतियोगितामा जम्न सकेका छैनन् । भारतीय टिमलाई अहिलेसम्म मध्यक्रमले सम्हाल्दै आएको छ । युवराज सिंहले लगातार तीन अर्धशतक प्रहार गर्दै र्फममा रहेको संकेत गरेका छन् । कप्तान धोनी र युसुफ पठान रन बटुल्न संघर्षरत

छन् । आयरल्यान्ड र नेदरल्यान्ड्सका बलरले भारतका मध्यक्रमलाई आउट गर्न सकेनन् ।

दक्षिण अफ्रिकी कप्तान ग्रेन स्मिथसँग भारतीय मध्यक्रमलाई हल्लाउन सक्ने बलर छन् । बलिङमा भारतका लेग स्पिनर पीयूष चावला केन्द्रविन्दु बनेका छन् । उनलाई आर आसविनले साथ दिन सक्नेछन् ।

आसविन हरभजन सिंहको ठाउँमा खेल्न सक्ने कप्तान धोनीले बताएका छन् । राम्रो बलिङ गरिरहेका पेस बलर जाहिर खानलाई आशिष नेहराले साथ दिनेछन् ।

दक्षिण अफ्रिकाविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका अर्का पेस बलर मुनाफ पटेल धोनीका अर्का आत्मविश्वासका पात्र हुन् । बलिङमा दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर चोटबाट पीडित छन् । ताहिरलाई चिकित्सकले १० दिन आरामको सल्लाह दिएका छन् । उनले अहिलेसम्म १० विकेट लिइसकेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks