
कान्तिपुर संवाददाता
मुम्बई (एजेन्सी), फाल्गुन २० - साठीको दशकमा पहिलोपटक शर्मिला टैगोरले बिकिनी लगाउँदा धेरै दर्शक रुष्ट बने । समय बदलिएको छ । आजकल लारा दत्तादेखि करिना कपुर, पि्रयंका चोपडा, दीपिका पादुकोण, विपाशा वसुजस्ता बलिउड सुन्दरीले पर्दामा बिकिनी लगाएको सामान्य मानिन्छन् । त्यसैले अरू नायिकाहरूभन्दा 'बोल्ड' र ग्ल्यामरस फेसन सेन्सका लागि प्रशंसा कमाएकी नायिका कङ्गना रानावटले बिकिनी लगाउन नमानेपछि धेरै अचम्मित भएका छन् ।
'टनु वेड्स मनु' फिल्मले दिएको सफलतामा रमाइरहेकी कङ्गनाले 'रास्कल्स'मा बिकिनी लगाउन हिच्किचाएकी हुन् । डेभिड धवनको यस रोमान्टिक कमेडी फिल्ममा नायकद्वय सञ्जय दत्त र अजय देवगनलाई हेरेको हेर्यै बनाउन २३ वर्षीया नायिकाले 'जेम्स फिल्महरूमा झै' बिकिनी लगाएर समुद्रबाट निस्कनुपर्ने एक दृश्य थियो । तर, अरू बेला फेसनमा खतरा मोल्ने कङ्गना निर्देशकलाई आफू बिकिनी नलगाउने बताइन् र छायांकन गर्न मानिनन् ।
दृश्यबारे निर्देशक धवनले पहिले नै जानकारी दिएको बताइएको छ । शुरुमा बिकिनी लगाउन उनी पनि तयार भएको बताइएको थियो, अन्तिम निर्णय बदलेकी हुन् । स्रोत अनुसार बिकिनी दृश्यका लागि नायिका आफंैले टु-पिस रोजिसकेकी थिइन् । बिकिनी लगाउन नमान्नुमा शारीरिक रूपमा असजिलो मानेर हुन सक्ने स्रोतले बतायो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks