Loving nepal news

Tuesday, March 1, 2011

रोल्पामा एकैघरका चारको हत्या

दुर्गालाल केसी

दाङ, फाल्गुन १८ - रोल्पाको दुविडाँडा गाविस वडानं. ३ निवासी नारायण घर्तीले एकै घरका चार जनाको हत्या गरेका छन् । छिमेकी २१ वर्षीय टोपबहादुर बस्नेतका साथै उनकी २० वर्षीया श्रीमती टेकमती,६ महिनाकी छोरी कल्पना र सोही घरमा बस्दै आएका अर्का छिमेकी चन्द्र बहादुर थापाको हत्या भएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मंगलबार राति १ बजेतिर घटना भएको प्रहरीले जनाएको छ । हत्याका अभियुक्त घर्ती टेकमतीका बुवा रहेको प्रहरीले जानकारी दिएको छ । घरायशी विवादका कारण घटना भएको र घर्तीलाई पक्राउ गरिसकेको प्रहरीले बताएको छ । मृतक सबैको टाउकोमा चोट लागेको छ । कुन हतियार प्रहार गरी हत्या भयो भन्ने बिषयमा अझै खुल्न नसकेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks