Loving nepal news

Tuesday, February 22, 2011

भूकम्पले न्यूजिल्याण्डमा ६५ को मृत्यु


कान्तिपुर संवाददाता

काठमाडौं, फाल्गुन १० - न्यूजिल्याण्डमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । दोस्रो ठूलो शहर क्रिष्टचर्चमा गएको भूकम्पमा मर्नेहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर १५ मिनेट जाँदा गएको भूकम्पबाट सयौं भवन भत्किएका छन् । प्रधानमन्त्री जोन किले बिबिसीलाई भनेका छन्, 'मैले न्यूजिल्याण्डको अँध्यारो भविष्य देखेको छु ।

भूकम्पले सयौंलाई पुरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पपछि न्यूजिल्याण्डका अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । विजुली र खानेपानी अवरुद्द भएको छ ।

क्रिष्टचर्चका मेयर बब पार्करले संटककाल घोषणा गर्न माग गर्दै सर्वसाधारणलाई शहरको केन्द्र खाली गर्न आहृवान गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks