
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन १० - सातबुँदे सहमतिबारे पार्टी भित्रको विवाद अन्त्य गर्दै शान्ति र संविधानको मूल मर्म अनुरुप कार्यान्यवन गर्ने प्रस्तावलाई अनुमोदन गर्न एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार जारी छ ।
अध्यक्ष झलनाथ खनालले माओवादीसंग गरेको सातबुँदे सहमति संस्थागत गर्न केन्द्रीय कमिटिको बैठक बसेको हो ।
केहीबेरपछि एमालेको बल्खु मुख्यालयमा बस्ने बैठकमा सात बुँदे सहमतिलाई संविधान निर्माण र शान्ति प्रक्रियालाई विष्कर्षमा पुर्याउने पार्टी नीति अनुरुप कार्यान्यवन गर्ने भावना अनुरुप संशोधन गर्ने बताइएको छ ।
सोमबार बसेको पोलिटव्यूरो बैठकमा अध्यक्ष झलनाथ खनालले सात बुँदे सहमतिको मर्मलाई पार्टीको नीति अनुरुप नै अघि बढने प्रस्ताव गरिए पछि सो विषयमाथि नै छलफल हुने एमालेका एक नेताले बताए ।
गत माघ २० गते दुई अध्यक्षबीच गरेको सहमतिलाई लिएर एमाले भित्र ध्रुविकरण बढेपछि प्रधानमन्त्री चयन भएको तीनसाता वित्न लाग्दा पनि मन्त्री मण्डल विस्तार हुन सकेको छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks