Loving nepal news

Thursday, February 24, 2011

राष्ट्रपति यादव कुवेत प्रस्थान


काठमाडौ, फाल्गुन १३ - राष्ट्रपति डा. रामवरण यादव कुवेतका अमीर सेख सवाह अल अहमद अल जविर अल सवाहको निमन्त्रणामा कुवेतको तीनदिने राजकीय भ्रमणमा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्यहाँ रहँदा राष्ट्रपति डा यादव कुवेतको ५०औँ स्वतन्त्रता दिवस, २०औँ विजय दिवस तथा अमीर अल सवाहको पाँचाँै राज्यारोहणको विशेष राजकीय समारोहमा सरिक हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति डा यादवलाई उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री झलनाथ खनाल, सभामुख सुवासचन्द्र नेम्वाङ, मुख्य सचिवलगायत विशिष्ट अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा बिदाइ गरेका थिए । उत्त अवसरमा नेपाली सेनाले राष्ट्रपति डा यादवको सम्मानमा सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति डा यादवका साथ उनकी सुपुत्री अनिता तथा राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, परराष्ट्र मन्त्रालयका सचिव डा मदनकुमार भट्टराईलगायत अन्य अधिकृत पनि सो भ्रमणमा सहभागी छन् । राष्ट्रपति डा यादव आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks