Loving nepal news

Thursday, February 24, 2011

कांग्रेस सरकारमा जाँदैनः देउवा


शिव शर्मा

कास्की, फाल्गुन १३ - नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।

पार्टिको केन्द्रीय समितिले निर्णय नगरे सम्म काग्रेस कुनै पनि हालतमा सरकारमा सामेल नहुने बताए ।

'एमाले माओवादीको सातबुँदे सम्झौता शंकास्पद छ,' प्रेस युनियन कास्कीले शुक्रबार विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले भने, 'उनीहरुले त्यसलाई स्पष्ट पारेका छैनन । '

पत्रकारको जिज्ञासामा कमै मात्रै बोलको देउवाले संविधान निर्माण भन्दा अगाडी मुलुकमा शान्ति हुनु पर्नेमा जोड दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks