Loving nepal news

Tuesday, March 22, 2011

पारसको हातमा पेस्तोल थियो: रुवेल चौधरी


दीपेन्द्र बडुवाल

चितवन, चैत्र ८ -

पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीले पूर्व युवराज पारस शाहको हातमा पेस्तोल देखेको वयान दिएका छन् ।

मंगलबार दिउँसो चितवन जिल्ला प्रशासन कार्यालयमा दिएको बयानमा उनले गोली चलाएको आफुले नदेखेको उल्लेख गर्दै पारसको हातमा पेस्तोल देखेको उल्लेख गरेका हुन् ।

यसअघि पनि सासु सुजाताको निवास मण्डिखाटारमा दिएको वयानमा उनले पारसले पेस्तोल ताकेर धम्क्याएको उल्लेख गरेका थिए । त्यसको पुन: पुष्टी गर्दै उनले पेस्तोल देखेको तर पड्काएको नदेखेको उल्लेख गरेका हुन् ।

उनले उक्त घट्नालाई कानुनी रुपमा अगाडी बढाउन नचाहेकाले उजुरी नदिएको पनि बताएका छन् ।

गत मंसिर २५ गते चितवनको टाइगर टप्स होटलमा पारस र रुवेलबीच झगडा भएको थियो । उक्त झगडाको क्रममा पारसले पेस्तोल ताकेर ज्यान मार्ने उद्देश्यले गोली चलाएको रुवेलले आरोप लगाएपछि प्रशासनले केही सार्वजनिक अपराध सम्बन्धी कसुरमा पारसलाई हिरासतमा लिएको थियो ।

त्यही मुद्दाका क्रममा रुवेललाई पनि बयानको लागि चितवन जिल्ला प्रशासनले बोलाएको हो ।

मंगलबार नै आफ्नो पेशी बुझ्न पारस पनि चितवन जिल्ला प्रशासनमा आउदैछ । पारस भरतपुर आइसकेको उनका सहयोगीहरुले बताएका छन् ।

रुवेलको पक्षमा सरकारी वकिलका साथै चितवनका माधव खनियाँ र जगन्नाथ पौडेल तथा काठमाडौंबाट आएका उपेन्द्र नन्दन तिमिल्सनाले बहस गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks