Loving nepal news

Tuesday, March 22, 2011

फुटबलमा करोडको प्रायोजन


राजु घिसिङ

काठमाडौ, चैत्र ८ - विश्वकपमा ७३ करोडभन्दा बढी दर्शकलाई एकै खेलमा बाँध्न सक्ने संसारकै सर्वाधिक लोकपि्रय खेल फुटबलको क्रेज नेपालमा पनि कम्ती छैन । दसौं लाख नेपाली फुटबल भनेपछि हुरुक्कै हुन्छन् । नेपालमा व्यापार गर्न सम्भव एकमात्र यही खेलका लागि गोर्खा ब्रुअरी प्रालिले हरेक वर्ष एक करोड रुपैयाँ प्रायोजन गर्ने घोषणा सोमबार गरेको छ ।

करोड रकम प्रायोजन घोषणा नेपाली खेलकुद इतिहासमै पहिलो हो । पूर्ण व्यावसायिक भइनसके पनि यो घोषणाले नेपालमा फुटबलको लोकपि्रयता पुष्टि गर्छ । 'कीर्तिमानी प्रायोजन' मा गोर्खा ब्रुअरी र अखिल नेपाल फुटबल संघ -एन्फा) बीच सोमबार सम्झौता भएको हो ।

गोर्खा ब्रुअरीका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर राजेन्द्र गुरुङ र एन्फा अध्यक्ष गणेश थापाले तीनवर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे । 'लोकपि्रय फुटबलको विकासका लागि ठूलो रकम प्रयोजन गरेका हौं,' गुरुङले भने, 'अवसर नपाएका खेलाडीले मौका पाऊन् भनेर हामीले यस्तो पहल गरेका हौं ।' यो प्रायोजनले नेपाली फुटबललाई नयाँ आयाम दिने थापाले बताए । 'अब २०६८ सालदेखि महत्त्वाकांक्षी देशव्यापी राष्ट्रिय लिग सुरुआत गर्दैछौं, त्यसमा ५ करोड रुपैयाँ खर्च लाग्नेछ,' उनले भने । नपुग रकम अन्यत्रबाट जुटाइने छ ।

एन्फाले आयोजना गर्ने तीन लिग राष्ट्रिय ए, बी र सी डिभिजन, सहिद स्मारक ए र बी डिभिजन, जिल्लास्तरीय बी र सी डिभिजनको प्रायोजक गोर्खा ब्रुअरी हुनेछ । यी लिगका अगाडि गोर्खा ब्रुअरीका विभिन्न ब्रान्ड जोडिने छन् । पाँच वर्षयता सहिद स्मारक ए डिभिजन लिग प्रायोजक ब्रुअरीले एन्फालाई बर्सेनि २५ लाख दिँदै आएको थियो ।

त्यसअघि २०५४ देखि २०५६ सम्म कोकाकोलाले एन्फालाई बर्सेनि दिएको ५० लाख नेपाली खेलकुदको कीर्तिमान प्रायोजन थियो । नेपाल प्रोफेसनल गल्र्फस एसोसिएसनको 'व्यावसायिक गल्फ टुर' को प्रायोजक सूर्य नेपाल प्रालिले यो वर्ष करिब करोड खर्च गर्‍यो । आधा दर्जन प्रतियोगिताका नगद ५१ लाख २५ हजार पुरस्कार र आयोजना खर्च बेहोर्‍यो । अन्तर्राष्ट्रियस्तरमा टिम ेमतर्फ नेपाललाई सर्वाधिक सफलता दिलाएको क्रिकेटको प्रायोजक स्ट्यान्डर्ड चार्टर्ड बैंक, पेप्सी, वाईवाई र बुस्टले ८० लाख खर्चेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks