Loving nepal news

Thursday, March 17, 2011

टिकेन रोमान्स


लस एन्जल्स (एजेन्सी), चैत्र ४ - अमेरिकी ब्यान्ड 'जोनास ब्रदर्स'का प्रमुख गायक जो जोनास करिअरमा मात्र नभई प्रेम सम्बन्धमा पनि 'सिंगल' बनेका छन् । ब्यान्डबाट निक्लेर एकल गायन-यात्रा सुरु गर्न तरखर गरिरहेका जो गर्लफ्रेन्ड एस्ले गि्रनसँग छुट्टिएका छन् ।

केही साताअघि नै 'दिस इज मी' गायक जो 'ट्वाइलाइट' नायिका एस्लेसँग ब्रेकअप गरेको स्रोतले दाबी गरेको छ । 'एस्लेको जन्मदिनअघि पनि उनीहरूको ब्रेक-अप भएको थियो,' स्रोतले यूएस म्यागजिनसँग भन्यो, 'त फेरि रोमान्स सुरु गरेका थिए ।' गत फेब्रुअरीमा २४औं जन्मदिन मनाएकी नायिकाका लागि सबै तयारी गायकले गरेको बताउँदै स्रोतले थप्यो, 'जन्मदिनलाई विशेष बनाउन उनले खुबै मेहेनत गरेका थिए ।' तर, कार्य व्यस्तताले गर्दा एक-अर्कासँग भेटघाट गर्ने समय नै नमिल्नुले गर्दा उनीहरूले ब्रेक-अप गर्ने निर्णय गरेको बताइएको छ ।

जो र एस्ले नजिक रहेको स्रोतका अनुसार रोमान्सबाट छुट्टिने निर्णय 'दुवैको समझदारीमा' भएको थियो । कार्यव्यस्तता र चुलिँदो लोकपि्रयताले दुवैलाई एक-अर्कासँग समय बिताउने मौका नमिलेका कारण यी दुईको रोमान्स नटिकेको अड्कल लगाइएको छ । जो एकल डेब्यु एल्बमको तयारीमा व्यस्त छन् भने एस्ले 'ट्वाइलाइट' शृंखलाको अन्तिम दुई भाग 'ब्रेकिङ डन' को सुटिङ व्यस्तताले सास फेर्ने समय पाएकी छैनन् ।

केही समयअघि 'डिटेल्स' म्यागजिनमा २१ वर्षे गायक जोले नायिकाले सम्बन्धमा धेरै सम्झौता गर्ने भएकाले रोमान्स चल्न सकेको भन्दै एस्लेको प्रशंसा गरेका थिए । 'उनले मेरो भावनालाई प्राथमिकता दिन्छिन्,' उनले भनेका थिए, 'मेरो व्यस्ततालाई राम्ररी बुझि्छन् पनि ।' वल्र्ड टुरमा हुँदा उनलाई भेट्न नायिका जहाँ पनि आउने गरेको खुलाएका थिए । हुन त उनी पनि जनवरीमा नायिकालाई भेट्न भ्यानकुभरमा छायांकन भइरहेको 'ब्रेकिङ डन'को सेटमा पुगेका थिए । उनी एस्लेको माता-पितालाई भेट्न ज्याक्सनभिलसमेत गएका थिए ।

यति गर्दागर्दै पनि जो-एस्लेको रोमान्स टिक्न सकेन । व्यक्तिगत सम्बन्धमा केही नबोल्ने भनेर दुवैका प्रवक्ताले 'ब्रेक-अप' बारे प्रतिक्रिया दिएका छैनन् । एस्लेभन्दा अघि जोले नायिका क्यामिला बेले र 'लभ स्टोरी' गायिका टेलर स्विफ्टसँग डेटिङ गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks