Loving nepal news

Wednesday, March 16, 2011

भइहाल्छ नि


कान्तिपुर संवाददाता

कास्की, चैत्र ३ - लेकसाइडको मुख्य चोकमा हालै एक जोडी युवायुवती कुममा कुम मिलाउने तयारी गरिरहेका थिए । एकातिरबाट गीत भन्किरहेको थियो । त्यहाँ एमएस अग्रज निर्देशित 'भइहाल्छ नि' को नृत्यको सुटिङ भइरहेको थियो । तालमा ताल मिलाउनेमा थिए अभिनेत्री गरिमा पन्त र विशाल पोखरेल । विशाल नवनायक हुन् ।

फिल्मी कलेजको सिकाइलाई अग्रज पहिलोपटक व्यवहारमा उतार्न लागिपरेका हुन् । उक्त फिल्मको कथा रोल्पाका बासिन्दा अग्रज आपै+mले लेखेका हुन् । 'नारीप्रधान सिनेमा बनाउन खोजेको हुँ,' उनले

भने । गाउँ र सहरको सेरोफेरोमा घुमेको कथामा गरिमा सीधा युवती बनेकी छन् । 'अहिलेसम्म मैले खेलेका फिल्ममा भन्दा केही भिन्न भूमिकामा छु,' नायिकाले भनिन्, 'नारी अस्तित्वको लडाइँ लडेकी छु ।'

'मेरो फिल्मले नारीमाथिको अत्याचार, पश्चिमेली संस्कृतिको अतिक्रमण र सहरमा मौलाएको नग्न नृत्यलाई समेत उजागार गर्न खोजेको छ,' निर्देशक अग्रजले भने ।

थुप्रै सिनेमामा नृत्य निर्देशकको भूमिका निर्वाह गरेका दिनेश अधिकारीले आरके पाण्डेसँग मिलेर निर्माण गरेको 'भइहाल्छ नि' मा सुमन सिंह, सोनिया केसी, सुवासचन्द्र कार्की, कमलकृष्णसमेतले अभिनय गरेका छन् ।

उक्त फिल्मको अधिकांश छायांकन पोखरामै हुने निर्माता अधिकारीले जानकारी दिए । द्वन्द्वको जिम्मा रोशन श्रेष्ठले लिएका छन् भने छायांकन हरि हुमागाईंले । संगीत यादव गोविन्दको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks