
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन २१ - कांग्रेसले आफ्ना संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले देशभक्तिपूर्ण आन्दोलनलाई क्षति पुगेको ठहर गरेको छ । भट्टराईको निधनमो १३ दिनसम्म शोक मनाउने पार्टीले निर्णय गरेको छ । पार्टीको झण्डा १३ दिनसम्म आधा झुकाइने भएको छ । भट्टराईको अन्त्येष्टि आइतबार गर्ने र अन्तिम श्रद्धान्जलिका लागि पार्थिव शरीरलाई भोलि बिहान ८ बजे पार्टी कार्यालय सानेपा लगिने भएको छ । १० बजेदेखि १२ बजेसम्म दशरथ रंगशालामा राखेपछि अन्त्येष्टिका लागि शव यात्रा सुरु गरिने छ । बाँडेगाउँस्थित भट्टराईको सरकारी निवासमै कांग्रेसको आकास्मिक बैठक बसेको थियो । यसैबीच श्रद्धान्जलि व्यक्त गर्न बाँडेगाउँ पुगेका उपप्रधानमन्त्री भरतमोहन अधिकारीले भट्टराईलाई राष्ट्रिय सम्मान दिइने बताए । भट्टराईलाई अन्तिम श्रद्धान्जलि दिन कांग्रेसका नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुको बिहानैदेखि बाँडेगाउँस्थित आश्रममा भीड लागेको छ । अन्य दलका नेताहरुको पनि आउने जाने क्रम चलिरहेको छ । भट्टराईको पार्थिव शरीरलाई शनिबार बाँडेगाउँ आश्रममै राखिने छ ।
बिहानै ललितपुरको बाँडेगाउँस्थित निवास पुगेका सभापति कोइराला, महामन्त्री सिंहलगायतका नेताहरुले श्रद्धान्जलि अर्पण गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks