Loving nepal news

Wednesday, March 9, 2011

नाबालक हत्या गर्ने सार्वजनिक


लवदेव ढुंगाना

पाँचथर, फाल्गुन २५ - प्रहरीले डेढ साताअघि पाँचथरको मौवा २ कोप्चेमा भएको नाबालकको बीभत्स हत्या घटनामा संलग्नलाई आज सार्वजनिक गरेको छ । प्रहरीले अनुसन्धानका क्रममा हत्यामा स्थानीय प्रेम लावती संलग्न भएको पुष्टि भएपछि उनलाई सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार धनकुटाको एक एफएममा समाचार पढ्ने लावतीले घर आएको बेला अध्ययनको लागि अष्ट्रेलिया जान रकम संकलनको लागि बालक हत्या गरेको खुलेको बताए । उनका अनुसार परिवारले मागेको रकम नदिएपछि सहयोगी बन्दै चन्दा उठाउन खोज्दा सफल नभएपछि लावतीले बालकको हत्या गरेका थिए ।

जिल्ला प्रहरीमा आयोजित पत्रकार सम्मेलनमा अभियुक्त लावतीले आफूले पैसाको लागि नाबालकको हत्या गरेको स्वीकारेका छन् । घरमै खेलिरहेको बेला नजिकको जंगलमा पुरयाई गत फागुन १४ गते साढे चार वर्षीय नाबालक देवीचन्द्र लावतीको घाँटी रेटेर बीभत्स हत्या गरिएको थियो ।

प्रहरी निरीक्षक शिवकुमार श्रेष्ठको नेतृत्वको टोलीले एनसेल मोबाइलबाट दुई लाख चन्दा नदिए हत्या गर्ने धम्की दिने व्यक्तिको खोजी अनुसन्धान गर्दा अभियुक्तको पहिचान भएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks