Loving nepal news

Thursday, March 24, 2011

सपना पूरा भयो



, चैत्र ११ - बलिउड 'बार्बी डल' कट्रिना कैफको पछिल्लो समयमा एकपछि अर्को गर्दै सपनाहरु पूरा भइराखेका छन् । बार्बी डल बन्ने बच्चैदेखिको सपना पूरा हुन 'नमस्ते लन्डन' नायिकालाई फिल्म क्षेत्रमा भित्रेको केही वर्षमै पूरा भयो । अब उनको शाहरुख खानसँग फिल्म खेल्ने सपना पनि पूरा हुने भएको छ ।

केही वर्षअघि कटि्रनाले निर्देशक करन जोहरको टक शो 'कफी विथ करन'मा शाहरुखसँग काम गर्ने सपना रहेको बताएकी थिइन् । सायद आफ्नो सपनाबारे कुरा गरिरहेको समय निर्देशक यश चोपडाले टीभी हेरेका थिए, चोपडाले कटि्रनालाई शाहरुखसँग फिल्ममा लिने तयारी गरेको खुल्न आएको छ । रोमान्टिक फिल्म बनाउनमा पोख्त निर्देशक चोपडाले वर्षौंपछि फेरि फिल्म बनाउने तरखरमा छन् । उनको पछिल्लो फिल्म 'विर-जारा' २००४ मा रिलिज भएको थियो जुनमा नायक शाहरुख नै थिए । निर्देशक चोपडाको आउँदो फिल्ममा पनि 'बलिउड बादशाह' शाहरुख नै हुने केहीअघि हल्ला चलेको थियो ।

यसैबीच नायक सलमान खानको पूर्वगर्लफ्रेन्ड कट्रिना सो फिल्ममा खेल्ने पक्का भएको हल्ला चलेको छ । 'दबंग' स्टार सलमानका दुस्मन मानिएका शाहरुखको अपोजिट फिल्ममा पहिलोपटक देखिने मौका पाएकी नायिकाले कुनै हिच्किचाहटबिना नै स्वीकार्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

एजेन्सी

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks