
प्रदीप मेन्याङ्बो
धरान, चैत्र १० - निर्धारित ९० मिनेटको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । दुवैले मौका गुमाएपछि गोल भने भएन । त्यसपछि थपिएको अतिरिक्त समयको चार मिनेटभित्र दुई गोल गरेपछि हिमालयन शेर्पा झापाको कठिन चुनौती २-० ले पन्छाएर १३ औं बूढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको अन्तिम आठमा बुधबार प्रवेश गरेको छ ।
रूपेश केसीले अतिरिक्त समयको छैटौं मिनेटमा गोलको खाता खोल्दै हिमालयनलाई अगाडि बढाएका थिए । युगाण्डाका ओरेक आलमले प्रहार गरेको बल गोलपोस्टमा दुईपल्ट ठोक्किएको स्थितिमा झापाली गोलकिपर विशाल मगरले नियन्त्रण गर्न सकेनन् । उनको हातबाट फुस्किएको त्यही बललाई रूपेशले जाली चुमाएका थिए ।
अग्रता लिएको चौथो मिनेट नबित्दै सोमबहादुर मल्लले गोल गरेपछि हिमालयनको जित लगभग निश्चित भएको थियो । नवीन न्यौपानेले प्रहार गरेको कर्नरकिकलाई नियन्त्रण लिएर उनले गोल गर्दै हिमालयनको अग्रता दोब्बर पारेका थिए ।
धरान रंगशालामा पहिलोपल्ट क्वाटरफाइनलमा स्थान बनाएको हिमालयन वर्षको तेस्रो उपाधि जित्ने योजनामा छ । 'ए' डिभिजन फुटबलको डेब्युमै उसले असोजमा काठमाडौंमा भएको सानमिगेल नकआउट फुटबल जितेको थियो । दुई महिना अगाडि मात्र सिमरा गोल्डकप च्याम्पियन भएको थियो, हिमालयन । सिमरा गोल्डकपलाई घरेलु फुटबलमा पहिलो श्रेणीको प्रतियोगिता भने मान्न सकिँदैन ।
एकपल्ट बूढासुब्बा गोल्डकपको अन्तिम चारसम्म पुगेको झापाको प्रदर्शन लोभलाग्दो रह्यो । उसले हिमालयनलाई दबाबमा राख्यो ।
तैपनि गोल गर्न सकेन । त्यसैले यसपल्ट उसको धरान यात्रा पहिलो खेलमै टुंगियो । खेलको सुरुमै हिमालयन शेर्पाले गोलको मौका चुकायो । दीपक राईले हेडद्वारा प्रहार गरेको बल पोस्ट नजिकिँदै माथिबाट बाहिरियो ।
पहिलो हाफको अन्त्यमा रितेश मल्लको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । सोमबहादुरले हानेको बल पोस्टमा ठाक्किएर र्फकंदा हिमालयन अग्रता लिन वञ्चित भयो । हिमालयनकै सुनिल सुवेदीको हेड प्रहार पनि बाहिरियो ।
झापाका दीपक श्रेष्ठले खेलको १७ औं मिनेटमा हानेको पि|m-किकलाइ हिमालयन शेर्पाका गोलकिपर रूपक श्रेष्ठले सहजै नियन्त्रणमा लिएका थिए । झापाकै दीपेन राईले प्रहार गरेको बल पनि उनले गोल हुनबाट बचाए ।
खेलमा चौथोपल्ट गोल गर्ने अवसर पाएको ५१ औ मिनेटमा झापाका दीपक श्रेष्ठ चुकेका थिए । गोल गर्ने सुनौलो अवसरमा गोलरक्षक रूपक श्रेष्ठको गल्तीमा पेनाल्टी बक्सअघि प्राप्त पि|m-किकमा बलले पोस्टको दिशा लिन सकेन । हिमालयनका ओरेकले पेनाल्टी बक्सनजिकबाट प्रहार गरेको पि|m-किक झापाका गोलरक्षक विशाल मगरले बचाए । हिमालयनका ओरेक बर्ड मोबाइल 'म्यान अफ द म्याच' चुनिए ।
आजको खेल
नाम्ची, सिक्किमविरुद्ध
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks