Loving nepal news

Wednesday, March 23, 2011

सरकारको पक्षमा दुई तिहाइ पुग्न दिंदैनौं: कोइराला


विनोद भण्डारी

विराटनगर, चैत्र १० - कांग्रेस सभापति सुशिल कोइरालाले माओवादी सर्वसत्तावाद लादेर जर्वजस्ती तानाशाही संविधान ल्याउने प्रयत्नमा रहेको दावी गरेका छन ।

'माओवादी सर्वसत्तावाद लादेर तानाशाही संविधान ल्याउन प्रयासरत छ' कोइरालाले भने 'उसको उदेश्य पुरा गराउन एमालेको एउटा खेमाले काँदा थापेर सहयोग गरिरहेको छ ।'

विहीवार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वामपन्थी गठबन्धनले कांग्रेसलाई पन्छायर आफनो हितका लागि जर्वजस्ती सर्वसत्तावाद लाद्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यो उनीहरुको दिवा सपनामात्र हुने वताए ।

वर्तमान वामपन्थी गठवन्धन सरकारले मधेशी जनअधिकार फोरमलाई पनि सरकारमा सामेल गराएर दुई तिहाई वहुमत पुर्‍याएर तानाशाही संविधान ल्याउने रणनीति तयार गरेको उल्लेख गर्दै कोइरालाले भने कांग्रेसले उनीहरुको रणनीति कुनैपनि हालतमा सफल हुन दिने छैन ।

वामपन्थी गठबन्धनको पक्षमा कुनैपनि हालतमा दुई तिहाई वहुमत पुग्न कांग्रेसले नदिने उनको भनाई थियो । मधेशी जनअधिकार फोरम सरकारमा गएपनि वर्तमान गठबन्धनको पक्षमा दुई तिहाई पुग्दैन । कोइरालाले भने, 'उनीहरुको पक्षमा दुई तिहाई वहुमत पुग्न कांग्रेसले कुनैपनि हालतमा दिनेवाला छैन ।'

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनाल वीचको अपवित्र सात बुँदे गठबन्धन खारेज हुनुपर्ने कांग्रेसले भनिरहेको वेला बुधवार फोरमसँग थप चार बुँदे सहमति गरिनु सर्वसत्तावाद लाद्ने षडयन्त्रको थप संकेत भएको पनि उनको आरोप थियो ।

कोइरालाले भने, 'दुई नेतावीचको सात बुँदे र तीन नेतावीचको चार बुँदे सहमति खारेज नभएसम्म कांग्रेसले वर्तमान गठबन्धनको कुनैपनि प्रस्तावमा वार्ता गर्ने छैन ।' उनले कांग्रेसलाई पाखा लगाएर गरिएको जतिसुकै बुँदे सहमति कांग्रेसलाई मान्य नहुने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks