
कान्तिपुर संवाददाता
काठमाडौं, माघ २२ - मन्त्रालय बाँडफाटबारे सहमति जुटाउन नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँ बजार गएका छन् । खनालका साथमा नेता भरतमोहन अधिकारी र प्रदीप ज्ञवाली छन् ।
नयाँ सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको नामावलीलाई माओवादी पदाधिकारी बैठकले अन्तिम रुप दिएपछि खनाल छलफलका लागि गएका हुन् । यसअघि दाहाल निवासमा माओवादी पदाधिकारी बैठक बसेको थियो ।
माओवादीबाट विदेश विभाग प्रमुख कृष्णबहादुर महरा नेतृत्वमा सरकारमा जाने पक्कापक्की भए पनि अन्य सदस्यको टुंगो लागेको छैन । आइतबार शपथ लिएसँगै खनालले सानो आकारको मन्त्रिमण्डल गठन गर्दैछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks