Loving nepal news

Thursday, February 10, 2011

लिन्ड्सेलाई मुद्दा




लस एन्जेलस (एजेन्सी), माघ २८ - प्रहरी नियन्त्रणमा रहेकी लिन्डसे लोहनलाई हार चोरीको आरोपमा औपचारिक रूपमा मुद्दा लगाइएको छ । उनले एउटा गहना पसलबाट 'झुक्किएर' हार लगेकी थिइन् । उनले चोरीको आरोप सार्वजनिक रूपमा अस्वीकार गरिसकेकी छन् । उनको अस्वीकारका खासै अर्थ नभए पनि अदालतमा त्यसले उनी निर्दोष रहेको आवेदन दिन काम लाग्नेछ ।

न्यायाधीश केथ स्वाचवार्जले चोरीका आरोपमा समातिएकी लिन्डसेको धरौटीका लागि २० हजार डलर तोकेको छ । धरौटी रकम तिरिसकेकीले उनी छिट्टै रिहा हुने अपेक्षा गरिएको छ ।

आरोप प्रमाणित भए उनी तीन वर्षसम्म जेल सजाय बेहोर्नुपर्ने हुन सक्छ । यसअघि उनलाई दुईपटक चोरीको आरोप लागिसकेको छ भने एकपटक चोरीको आशंकामा परेकी छन् । उनको यस्तो इतिहासले यो मुद्दामा पनि भूमिका खेल्नेछ ।

'भाग्यलाई दोष नदेऊ' भन्दै न्यायाधीश कडा रूपमा प्रस्तुत भएपछि लिन्डसेले धरौटीमा रिहाइको माग गरेकी थिइन् । न्यायाधीशले उनलाई 'योपटक स्थिति फरक हुने' र आफूलाई अरूभन्दा फरक नसम्भिmन भनेका थिए ।

उनका अनुसार लिन्ड्सेले अपराधसम्बन्धी कानुन उल्लंघन गरेकी छन् । कानुनको थप उल्लंघन भए धरौटीमा रिहा नगरिने उनले चेतावनी दिएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks