
कान्तिपुर संवाददाता
काठमाडौ, माघ २२ - दस दिने भारत भ्रमण पूरा गरी राष्ट्रपति रामवरण यादव शनिबार स्वदेश फर्किएका छन् । राष्ट्रपतिलाई उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङलगायतले स्वागत गरेका थिए ।
आफू अध्ययन गरेको कोलकात्ता मेडिकल कलेजको वार्षिकोत्सवमा सहभागी हुन गएका राष्ट्रपति अपरान्ह पौने ४ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा ओर्लिएका हुन् । राष्ट्रपति माघ १३ गते दिल्ली गएका थिए ।
दिल्लीमा रहँदा राष्ट्रपति यादवले समकक्षी प्रतिभा पाटील, प्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय उच्च नेताहरुसँग भेट गरेका थिए ।
यसैबीच राष्ट्रपति यादवले नेपाली माओवादीबाट पाठ सिक्न भारतीय माओवादीलाई आग्रह गरेका छन् । उनले वार्ताबाट समस्याको निकास निकाल्न आग्रह गरेको इण्डियन एक्सप्रेसले जनाएको छ ।
'प्रजातन्त्रमा समस्या समाधानका लागि वार्ता नै उत्तम बाटो हो,' कोलकात्ता मेडिकल कलेजको वार्षिकोत्सवमा राष्ट्रपतिले भने । यादव उक्त कार्यक्रमको प्रमुख अतिथि भएर गएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks