
कान्तिपुर संवाददाता
काठमाडौ, माघ २६ - धेरै फिल्ममा देखिने भए पनि गेटअप खासै परिवर्तन नगर्ने अभिनेता राजेश हमाल पछिल्लो फिल्ममा भने मधेसीमूलका व्यक्तिका रूपमा देखिने भएका छन् ।
विजयविक्रम बस्नेत निर्देशित 'हात लाग्यो शून्य' मा राजेशलाई धोती-कुर्ता, काँधमा गम्छाको पहिरनमा देख्नुहुनेछ ।
यही साता छायांकन थालिएको कमेडी फिल्ममा राजेश कन्जुस होटल व्यवसायीको भूमिकामा छन् । कतिसम्म कन्जुस भने छँदाखाँदाको नयाँ कार पूजा गरेर राख्ने तर थोत्रो भटभटेमा कुद्ने । उक्त फिल्मको कथा बस्नेतले नै लेखेका हुन् । क्यामेरा लोकचन्द्र थापाले थामेका छन् भने द्वन्द्वको जिम्मा राम/जनकको रहनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks