Loving nepal news

Monday, February 14, 2011

प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन २ - बजेट सम्बन्धि प्रतिस्थापन विधेयकमाथि व्सथापिका संसदमा सोमबार दिउसो प्रस्तुत गरिएको छ । अर्थमन्त्रीकोसमेत जिम्मेवारी संहालेका उपप्रधानमन्त्री भरतमोहन अधिकारीले उक्त बिद्येयक प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत भएको ७२ घण्टा पछि मात्र छलफल सुरु गर्ने प्रावधान भएपनि समय अभावका कारण नियम खारेज गरी आजै हुने बैठकमा विधेयकमाथि छलफल हुनेछ । यद्यपी अध्ययनका लागि शनिबार नै सभासदलाई विधेयक वितरण गरिएको थियो ।

सरकारले कुनै कार्यक्रम थप नगरी प्रतिस्थापन विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी कांग्रेस लगायत दलहरुले विधेयक पारितका लागि सहयोग गर्ने भएका छन् ।

अध्यादेश पारित गर्न गत शनिबार बैठकमा मौन बसेको माओवादीले समेत विधेयकमा समर्थन गर्ने भएपछि पारितका लागि सरकारलाई सजिलो भएको छ । नयाँ सरकारको नीति तथा कार्यक्रम पुरानो सरकारको भन्दा फरक हुनुपर्ने भनाइलाई सम्बोधन गर्दै प्रधानमन्त्री झलनाथ खनालले पूरक बजेट ल्याउने आश्वासन दिएपछि माओवादीले विधेयक पारित गर्न सहयोग गर्न तयार भएको हो । यद्यपी प्रतिस्थापन विधेयक भने भोली मंगलबार बस्ने बैठकले मात्र पारित गर्ने छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks