Loving nepal news

Tuesday, February 8, 2011

यो सरकार धेरै दिन टिक्दैनः पौडेल


कान्तिपुर संवाददाता


तनहुँ, माघ २५ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार धेरै दिन नटिक्ने वताएका छन् ।

जिल्लाको भिमाद गाउँ कार्य समितिका कार्यकर्ताद्वारा मंगलवार आयोजित कार्यक्रममा वोल्दै नेता पौडेलले माओवादी र एमालेको स्वार्थपूर्ण गठवन्धनवाट वनाइएको यो सरकार मन्त्री चयनमै अल्झिनुले लोकतन्त्रकै उपहाँस भएको वताए । 'यो अवस्थामा एमालेले माओवादीलाई साथ दिनु लोकतान्त्रिक पद्धतिकै उपहास हो,' हतियार त्यागेर नागरिक पार्टी नभई सकेको माओवादीको साथ र समर्थन लिनुले एमालेको ढुलमुले चरित्र प्रष्ट भएको वताउँदै उनले भने, 'सरकार चयनमै विवाद देखिएको यो सरकारले सयममै संविधान वनाउला ?'

खनाल प्रधानमन्त्री भएको छ दिन भैसक्दा पनि मन्त्रालयको भागवन्डामै अल्झिनु दुखको कुरा भएको वताए । माओवादीमा हतियार मोह र एमालेमा सत्ता मोह रहुन्जेल मुलुकमा नयाँ संविधान वन्न नसक्ने पौडेलको भनाइ छ । उनले मुलुक र नयाँ संविधान निर्माणको लागि कांग्रेसको विचार उत्कृष्ट रहेको वताए ।

'मुलुकमा देखिएका विद्यमान अस्थिरतालाई कांग्रेसको नेतृत्वले मात्रै पार लगाएको इतिहास छ ।' कांग्रेस नेतृत्व विनाको सरकारले वनाएको संविधानले सवै वर्गलाई सम्वोधन गर्न नसक्ने ठोकुवा गर्दै पौडेलले भने, 'अव कांग्रेसको विचारलाई गाउँ गाउँ वस्ती वस्तीवाट उठाउनु जरुरी छ ।'

पौडेलले मुलुकमा शान्ति र संविधान निर्माणको लागि राष्ट्रिय सहमतिका सरकार अपरिहार्य रहेको वताए । उनले माओवादी र एमालेबीच भएको सात वुँदे सहमति मुलुकको लागि धोका भएकोले कांग्रेसलाई मान्य नहुने वताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks