Loving nepal news

Wednesday, February 2, 2011

बोन्ड गर्ल बन्ने रहर


लस एन्जल्स (एजेन्सी), माघ २० - 'प्लेब्वाई' र 'डब्लु' म्यागजिनमा नग्न देखा परेकी रियालिटी टीभी स्टार किम कार्डसियन अब अर्को काम गर्न चाहन्छिन् । यी अमेरिकी अभिनेत्रीलाई सुन्दरीहरुलाई ग्ल्यामरस र कामुक रूपमा देखाउने जासुसी फिल्म शंृखला 'जेम्स बोन्ड' मा बोन्डको अपोजिट देखिने रहर पलाएको छ ।

'खासमा मेरो यो इच्छा सानैदेखिको हो,' उनले भनिन्, 'बोन्ड गर्ल बन्नु मेरा लागि करिअरकै सबैभन्दा महत्त्वपूर्ण अवसर हुनेछ ।' बोन्ड गर्ल बन्ने सपना बुनिरहेकै बेला केही फिल्मका अफरहरू स्वीकार गर्ने कि नगर्ने भन्नेमा दोधारमा परेकी छन् । 'कोर्टनी एन्ड किम टेक न्युयोर्क' रियालिटी टीभी शोमा देखा परिरहेकी किमले भनिन्, 'दुईचार फिल्मका अफर छन् । तर, अझै सही रोलको खोजीमा छु ।'

ग्ल्यामर र स्टाइलका लागि चर्चित किमलाई नग्न हुन नहिचकिचाउने टीभी स्टारका रुपमा चिनिने भएकाले उनले बोन्ड फिल्ममा खेल्ने सम्भावना त्यत्तिकै छ । तर, केही साताअघि 'डब्लू' म्यागजिनलाई खिचाएका नग्न फोटा उक्त म्यागजिनले कलात्मकभन्दा पनि भल्गर देखिने गरी छापेकामा उनी रुष्ट भएकी थिइन् । आइन्दा कपडा खोलेर त्यस्ता फोटा नखिच्ने कसमसमेत उनले खाएकी छन् ।

त्यतिबेला सिल्भर रङमा लतपतिएकी ३० वर्षीया किमलाई म्यागजिनका फोटोग्राफरले उनका शरीरका गोप्य भागहरु विभिन्न कलात्मक बिल्डिङहरुले छोपिदिने वाचा गरेका थिए । तर, छापिँदा त्यो प्रतिबद्धता फोस्रो पुष्टि भएको थियो । त्यसले किमको पारो चढाएको थियो । तर, केही समयपछि उनको रिस मरेको थियो र ती फोटा 'राम्रै' रहेको उनले बताएकी थिइन् । त्यस्ता फोटा नखिच्ने कसम खाएकै भए पनि बोन्ड फिल्म निर्माता किमतिर कसो नहेर्लान् त ?

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks