Loving nepal news

Saturday, February 5, 2011

"पूर्वजन्ममा नेपाली थिएँ"


मधु शाही

काठमाडौ, माघ २१ - प्रायः विदेशी नेपाली सौन्दर्यमा रम्न आउँछन् । घुम्छन्, फर्किन्छन् र बिर्सन्छन् । कोरियाकी यु जङ ईमा यो लागू हुँदैन । उनी नेपाली संस्कृति आत्मसात् गर्न आउँछिन् ।

'पूर्वजन्ममा नेपाली राजकुमारी थिएँ कि ?' हालै अनामनगरस्थित कवि कृष्ण प्रसाईंको निवासमा कोरियाली कवयित्री यु जङ ईले भनिन्, 'त्यसैले यति धेरै माया लागेको होला ।'

तीन वर्षअघि उनी पहिलोपटक नेपाल आएकी थिइन् । 'स्वर्गमा आए जस्तै,' उनले सम्भिmन्, 'नेपाली कला-संस्कृतिले मोहनी नै लगायो ।' ४८ वषर्ीया यु जङ यतिबेला नेपाली-कोरियाली साहित्यबीच पुलको काम गरिरहेकी छन् । उनले केहीअघि दक्षिण कोरिया पुगेका ९ जना नेपाली कविका रचनालाई कोरियालीामा अनुवाद गरेर सुनाएकी थिइन् । अहिले ८० नेपाली कवितालाई अनुवाद गरेर किताब निकाल्ने तयारीमा छिन् । उनका चार कोरियाली बालकथाको अनुवाद 'काले रुँदैन' प्रकाशित भइसकेको छ ।

पाँचौंपटक नेपाल आएकी यु जङले हालैको अन्तर्राष्ट्रिय फिल्म कार्यशालाका लागि कोरियाली निर्देशक किम दोङलाई ल्याउन संयोजनकारी भूमिका खेलेकी थिइन् ।

'सबैले हिमाल मन पराउँछन्,' उनले भनिन्, 'मलाई चाहिँ कलासंस्कृतिले बढी

तान्छ ।' साहित्यमा मात्र नभई मान्छे साँच्चिकै व्यवहारमा पनि कोमल हुनुपर्ने बताउँदै उनले एकपटक सिन्धुपाल्चोक घुम्न जाँदाको अनुभव सुनाइन् ।

सिन्धुपाल्चोकको दुर्गम मानेस्वाँरामा पुग्दा उनलाई गरिब बालबालिकाको अवस्थाले छोएछ । 'म यति भावुक भएछु कि,' उनले भनिन्, 'ज्याकेट र हातको घडी फुकालेर

दिएँ । यही क्रममा सानी फुच्चीले मेरो कानको ठूलो रिङ हेरिरहेकी थिइन् । एक मनले त दिऊँ कि जस्तो लाग्ोको थियो । साथीको बर्थडेको उपहार भएकाले दिन सकिनँ । पछि त्यो रिङ कोरियामा हरायो । थकथक लागिरह्यो ।'

त्यही थकथकीले उनलाई फेरि नेपालसम्म डोर्‍यायो । मानेस्वाँराका बालबालिकालाई व्यक्तिगत रूपमा शैक्षिक सामग्री सहयोग गरिरहेकी उनले केही दिनमै १२ कोरियाली बाल साहित्यकारलाई मानेस्वाँरा लाने तयारी गरिरहेकी छन् ।

'सायद मेरो पूर्वजन्म नेपालमा भएको हुनुपर्छ,' उनले भनिन्, 'घरीघरी यता आउ“m जस्तो लागिरहन्छ ।' उनले पहिलोपटक नेपाल आउँदा 'तीजमा फनफनी नाचेको' पनि सुनाइन् । 'त्यो दिन म वास्तवमै नेपाली छोरी बनेकी थिएँ,' उनी उत्साहित भइन्, 'र, सधैं बनिरहनेछु ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks