Loving nepal news

Wednesday, February 16, 2011

कांग्रेस सरकारमा जाँदैनः पौडेल


कान्तिपुर संवाददाता

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सामेल हुने सम्भावना नभएको बताएका छन् । नेतृ सुजाता कोइरालाले सरकारमा सामेल हुने धारणा राखिरहेकी बेला पौडेलले त्यो नीजि धारणा भएको उल्लेख गरेका छन् । उनले वर्तमान गठबन्धनमा कांग्रेस कुनै हालतमा पनि सामेल नहुने स्पष्ट पारे ।

पार्टीको जागरण अभियानका लागि बुधबार तनहुँको भिरकोट पुगेका पौडेलले माओवादी र एमालेको सात बुँदे सम्झौता सर्वसाधरणलाई झुक्याउने प्रपन्च भएको दावी गरे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks