
चितवन (रत्ननगर), फाल्गुन १ - ‘भ्यालेन्टाइन्स डे’का अवसरमा चितवनको सौराहामा आउने पर्यटकलाई ३० प्रतिशत छुटको व्यवस्था व्यवसायीहरूले गरेका छन् । उनीहरूले पर्यटकको बसाइ लम्ब्याउन यसरी छुटको व्यवस्था गरेको बताएका छन् ।
आइतवारदेखि फागुन ३ गतेसम्म सौराहामा बस्ने पर्यटकले यो छुट पाउने रेस्टुरेन्ट व्यवसायी सुवास गौतमले जानकारी दिए । यहाँ बर्सेनि ‘भ्यालेन्टाइन्स डे’मा आयोजना गरिने सौराहा ‘फ्रुड फेस्टिबल’मा व्यवसायीले यस्तो व्यवस्था गरेका हुन् । यो छुट यस वर्षदेखि दिन सुरु गरिएको हो ।
आइतवारदेखि फागुन ३ गतेसम्म सौराहामा ‘फुड फेस्टिबल’को आयोजना गरिएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) सौराहाले महोत्सवको आयोजना गरेको हो । ‘भ्यालेन्टाइन डे’को अवसरमा पारेर गरिएको खाना महोत्सवमा नेपाली मौलिक खानासँगै थारुको खाना, ब्राम्हण खाना तथा विभिन्न मौलिक संस्कृति प्रदर्शन गरिएको छ ।
यहाँ खीर, थारुको चिचर, घुँगी, विभिन्न खानाका परिकार तथा गुन्द्रक र ढिँडोसमेत राखिएको आयोजक समितिका संयोजक राजन भट्टले जानकारी दिए । उनका अनुसार यसवर्ष ‘फुड फेस्टिवल’ र ‘भ्यालेन्टाइन्स डे’मा आउने जोडीलाई पुरस्कार समेत वितरण गरिने छ । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks