
मनोज बस्नेत
काभ्रे, फाल्गुन ३ - नेपाल टेलिकमको केबुल तार करिब ४ सय पटक चोरी गर्ने एक गिरोह प्रहरीले पक्राउ गरेको छ । तार चोरी रबिओपीको जंगलमा तार पोलेर तामाको तार निकाली बोकेर बजार तर्फ जाँदै गरेको एक गिरोहलाई इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक सन्तोष तामाङको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाकै देविटार ९ का २० वर्षीय सरोज तामाङ र सर्लाही राजघाट ५ का २६ वर्षीय यज्ञ कुमार ठकुरी रहेका छन । उनीहरुको साथबाट १४ किलो तार, तार काट्ने कैची २ थान, हयाक्सो र ब्लेड १ थान सहित पक्राउ गरेको छ । ‘सप्रमाण सहित तार चोरी गर्ने गिरोह पक्राउ गरेका छौ’ इलाका प्रहरी कार्यालयका प्रमुख समेत रहेका निरीक्षक तामाङले पक्राउ परेका गिरोह सार्वजनिक गदै भने, ‘गिरोह जरैसम्म पुग्ने आधार फेला पारिसकेका छौ, अबको केही दिन भित्रै पूर्ण रुपमा चोरी बन्द हुन्छ, यसको लागि प्रहरीले कुनै कसुर बाँकी राख्ने छैन ।’ चोरीको तार किन्ने ३ जना व्यापारीलाई पनि प्रहरी पक्राउ गरेको छ ।
दैनिकजसो टेलिफोनको तार चोरी हुन थालेपछि यहाँका हजारौ सेवाग्राहीहरु र टेलिकमका कर्मचारीले सास्ती भोग्दै आईरहेका थिए । तार चोरीका कारण केही क्षेत्रमा टेलिफोन सेवा महिनौं दिनसम्म अवरुद्ध भएको थियो । २०६३ साल देखि तार चोरी हुने क्रम बढ्दै गएपछि चोरीबाट टेलिकम हैरान भएर दुई हप्ता अगाडी चोरी नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयमा टेलिकमका कर्मचारीहरु डेलिगेसन समेत गएका थिए ।
हाल सम्म २४ हजार मिटर टेलिफोनको केबुल तार चोरी भएको नेपाल टेलिकम काभ्रेका प्रमुख रामचन्द्र पुडासैनी बताउँछन् । ‘तीन वर्ष यता आएर केबुल तार चोरी हुने क्रम निकै बढेर गएको छ’ उनले कान्तिपुरसँग भने, ‘जिल्लाको विभिन्न स्थानका ५ सय पटक ७७ लाख रुपौयाँ बराबरको तार चोरी भईसकेको छ ।’ तार चोरी गर्ने गिरोहलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने उनी बताउ“छन् । भैसेपार्टी, बुडोल, र बनेपा नगर क्षेत्र वरपर चोरी धेरै मात्रामा हुने गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks