Loving nepal news

Monday, February 7, 2011

भर्सटाइल विद्या


मुम्बई, माघ २४ - विद्या बालन जुनसुकै भूमिकामा पनि ठीक हुने 'भर्सटाइल' बलिउड नायिका हुन् । उनले आमाको भूमिका मात्र निर्वाह गरेकी छैनन्, छट्टू गाउँले युवतीको भूमिकामा पनि जमेकी छन् । अब भने उनले कामुक युवतीको भूमिका निर्वाह गर्ने भएकी छन् । उनलाई केहीपछि नै एकता कपुरको फिल्म 'डर्टी पिक्चर' मा बमसेल सिल्क स्मिताको भूमिकामा देख्न पाइनेछ ।

सिल्क स्मिताको जीवनकथामा आधारित यो फिल्ममा उनका धेरै प्रेमीहरू देखिनेछन् । सुनिएअनुसार यो फिल्मका दुई दृश्यमा विद्याले हट दृश्य दिएकी छन् । उनले ती दृश्य कलात्मक रहेको दाबी गरेकी छन् । स्रोतका अनुसार ती दृश्य उत्तेजना जगाउनका लागि होइन । शारीरिक सम्बन्धका दृश्य भए पनि ती अर्थपूर्ण हुने दाबी गरिरहेको छ ।

जस्तोसुकै दृश्य दिनुपरे पनि विद्याले आजसम्म लजाएकी छैनन् । पहिलो फिल्म 'परिणिता' देखि 'इश किया' सम्म उनले धेरै नायकसँग शारीरिक सम्बन्धका दृश्य दिइसकेकी छन् । आखिर उनी बिन्दास अभिनेत्री हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks