
कान्तिपुर संवाददाता
काठमाडौ, माघ २७ - मन्त्रीमण्डल विस्तारमा माओवादीसँग सहमति जुटाउन असफल एमालेले आफ्ना तीन मन्त्रीलाई बिहीबार सपथ खुवाउने भएको छ ।मन्त्रीहरुको सपथ कार्यक्रम अपरान्ह १ बजे राखिएको छ । स्थायी समितिको निर्णय अनुसार एमालेले भरतमोहन अधिकारी, विष्णु पौडेल र गंगालाल तुलाधरलाई मन्त्री नियुक्त गर्न लागेको हो । आज मन्त्री नियुक्त हुनेहरुलाई मन्त्रालयको जिम्मेवारी भने नदिइने प्रधानमन्त्री झलनाथ खनाल निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री निर्वाचित भएको एकसातासम्म मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना हुन थालेपछि प्रधानमन्त्री खनालले माओवादी बिना मन्त्रीमण्डल विस्तार गर्न लागेको हो । मन्त्रीमण्डल सपथग्रहण कार्यक्रममा माओवादी नजाने भएको छ ।
यस्तै आजै अपरान्ह्र ३ बजे व्यवस्थपिका संसदमा प्रधानमन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको यो पहिलो सम्बोधन हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks