Loving nepal news

Thursday, February 17, 2011

भट्टराईको स्थिति चिन्ताजनक


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन ६ - पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थिति चिन्तामुक्त नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

'बुधबारको दाँजोमा अलि सुधार छ, तैपनि खतरामुक्त भन्न सकिँदैन,' उपचारमा संलग्न डा. भरत रावतले भने, 'स्थिति चिन्ताजनक छ ।' ८७ वषर्ीय भट्टराईलाई श्वासप्रश्वास र शरीर सुन्निने समस्या देखिएपछि ६ दिनअघि नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको थियो । बुधबार स्थिति गम्भीर देखिएपछि सामान्य कक्षबाट आईसीयूमा सारिएको थियो ।

भट्टराईको रगतमा हेमोग्लोबिन कम भएकाले बिहीबार रगतसमेत दिइएको उपचारमा संलग्न डा. श्यामबहादुर पाण्डेले बताए । उनको स्वास्थ्य स्थितिलाई चिकित्सक टोलीले नजिकबाट निगरानी गरिरहेको जानकारी पाण्डेले दिए । 'भट्टराईको श्वासप्रश्वास सामान्य छैन,' डा. रावतले भने, 'अझै आईसीयूमा अक्सिजन दिएरै राखेका छौं । उहाँ होसमा आए पनि बीचबीचमा निदाउनु हुन्छ, बढी बोल्न

सक्नु हुन्न ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks