
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ३ - कांग्रेस नेतृ सुजाता कोइरालाले सात बुँदेको कुनै औचित्य नभएकाले नयाँ आधारमा सहमति गरे आफ्नो पार्टी शान्ति र संविधान निर्माणमा खनाल नेतृत्वकै सरकारमा सहभागी हुने बताएकी छन् । ।
मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी हुँदै कोइरालाले भनिन्, ‘माओवादी–एमाले सातबुँदे सहमति गैर संवैधानिक र अप्रजातान्त्रिक छ , त्यसलाई खारेज गरी नयाँ परिस्थिति सिर्जना भए कांग्रेस सरकारमा जान्छ ।’
उनले आफ्नै पार्टी नेतृत्वको सरकार ढाली गैरकानुनी आधारमा सातबुँदे सहमति गरी प्रधानमन्त्री भएर खनालले मुलुकलाई एकदलीय शासन तर्फ धकेलेको आरोप लगाइन् ।
कोइरालाले गृह मन्त्रालय माओवादीलाई कुनै पनि हालतमा दिन नहुने स्पष्ट पार्दे भनिन्, ‘जुन पार्टीसँग हतियार र लडाकु छ, त्यसलाई गृहमन्त्री दिनु पुनः सत्ताकब्जा, विद्रोह र आतंकलाई प्रोत्साहित गर्नु हो ।’ देशमा आएका विशाल चुनौतीलाई निकास दिन शान्ति र संविधान निर्माणका लागि दलहरु एकै ठाउँमा नआई सुखै नहुने उनले बताइन् ।’
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks