
कान्तिपुर संवाददाता
काठमाडौ, माघ २१ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई बिहीबार राति १० बजे फोन गरी प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् । भारतीय दूतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवका अनुसार, सिंहले खनाललाई अगाडिका चुनौती सामना गर्न सक्षम हुनेमा शुभकामना दिएका हुन् । भारतीय प्रधानमन्त्रीले खनालको कार्यकालमा पनि भारतले निरन्तर सहयोग उपलब्ध गराउने बताएका थिए । त्यस क्रममा सिंहले दुई देशबीचको पारस्परिक सम्बन्ध विस्तार गर्नमा दुवै पक्ष एकजुट भएर जानेसमेत उल्लेख गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks