
कान्तिपुर संवाददाता
काठमाडौं , माघ २९ - माओवादी नेता मोहन वैद्यका अंगरक्षक राजु खातीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
उनलाई वैद्यको घर छेवैबाट प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा पुर्याएको थियो । 'कम्मरमा पेस्तोल बोकेर हिँडेको देखेपछि प्रहरीले नियन्त्रणमा लिएको हो,' काठमाडौं परिसरका एक अधिकृतले भने, 'सोधपुछ गर्दा उनी माओवादी नेताका सुरक्षागार्ड भएको थाहा भयो ।'
प्रहरीले उनको साथबाट यूएनले प्रमाणित गरेर स्टिकर टाँसेको ९ एमएमको चाइनिज पेस्तोल र सात राउन्ड गोली भएको म्यागजिन फेला पारेको थियो । २५ वर्षिय खाती जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनको कम्पनी कमान्डरसमेत हुन् । उनी दुई वर्षदेखि वैद्यका अंगरक्षकका रूपमा कार्यरत छन् । प्रहरीले खातीलाई माओवादी कार्यकर्ता मचिन्द्र पाण्डेलाई जिम्मा लगाएर पठाएको जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks