Loving nepal news

Monday, February 14, 2011

गाउँलेद्वारा प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

पर्सा, फाल्गुन २ - प्रहरी चौकी महुवनमा स्थानीयवासिन्दाले सोमबार आक्रमण गर्दा पाँचजना प्रहरी घाइते भएका छन् ।

ढुङ्गागिटी ओसार्ने लु१प ५८९४ नं ट्याक्टरचालक पर्साको गाविस बागेश्वरी तित्रोना १ निवासी यादव पटेललाई ओसारेवापत प्रहरीलाई घुस नदिएको निहुँमा प्रहरीले कुटपिट गरेको विरोधमा तित्रोनाका वासिन्दाले चौकीमाथि आक्रमण गर्दा पाँच प्रहरी घाइते भएका हुन् ।

घाइते हुनेमा सो चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पद्यमलाल चौधरी, प्रहरी हबल्दार सञ्जय महतो, प्रहरी जवान लालबाबु राउत, प्रमोद गिरी रहेको इलाका प्रहरी कायाल पोखरियाका इन्चार्ज प्रहरी निरीक्षक सन्तु जैश्वालले जानकारी दिए ।

आइतबार ट्याक्टरमा ढुङ्गागिटी लोड गरी बिक्रीका लागि जानकी टोला जानेक्रममा चौकीका प्रहरीले ट्याक्टर चालक यादवलाई रोकी घुस माग्दा दिन नमानेपछि उनलाई चौकीमा लगी कुटपिट गरेको विरोधमा गाउँलेहरु आक्रोसित भई प्रहरी चौकीमा आक्रमण गरेका थिए ।

गाउँलेहरुले चौकीमा आक्रमण गर्दा प्रहरीले गरेको प्रतिकारमा परी बागेश्वरी तित्रोना १ का अशेश्वर पटेल प्रदीप गुप्तालगायत आधादर्जन सर्वसाधारणसमेत घाइते भएको निरीक्षक जैश्वालले बताए ।

घाइते सबैको पोखरिया अस्पतालमा भइरहेको छ । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks