Loving nepal news

Wednesday, February 16, 2011

प्रधानमन्त्री खनाल र राष्ट्रपतिबीच औपचारिक भेट


कान्तिपुर संवाददाता


काठमाडौ, फाल्गुन ४ - प्रधानमन्त्री झलनाथ खनाल र राष्ट्रपति रामवरण यादवबीच औपचारिक भेटवार्ता भएको छ ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे लगत्तै खनाल रारष्ट्रपतिलाई भेटन पुगेका थिए ।

भेटमा उनले मन्त्रालय बाँडफाँड, सातबुदे सहमति लगायत राष्ट्रपतिलाई जानकारी दिए । सो अवसरमा खनालले माओवादीसँग छलफल गरी बिहीबार साँझ सम्ममा मन्त्री मण्डल विस्तार गर्ने आश्वासन दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

छलफलमा राष्ट्रपतिले जटिल अवस्थामा रहेको मुलुकलाई निकास दिन सबै दलहरुलाई मिलाएर अगाडि बढन प्रधानमन्त्रीलाई आग्रह गरे । प्रधानमन्त्री खनालले सपथ ग्रहण गरेपछि राष्ट्रपतिसंग भएको यो पहिलो औपचारिक भेट हो ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks