
वसन्ती बाँस्तोला
लेखनाथ (पोखरा), फाल्गुन ८ - प्रधानमन्त्री झलनाथ खनालले मन्त्रिमण्डलले चाडै पुर्णता पाउने बताएका छन् । प्रेस चौतारी कास्कीले आइतबार लेखनाथमा गरेको पत्रकार समेलनमा खनालले भने 'जनताको विश्वास, व्यवस्थापिका संसद र सवै पार्टीको सहमतीमा यसले यथासिघ्र पुर्णता पाउँने छ ।'
राष्ट्रिय सहमति निर्माण गरेर आफ्नो नेतृत्वको सरकारलाई चाँडै पुर्णता दिने विश्वास व्यक्त गरेका खनालले भने 'सहमति सरल रेखा जस्तै होइन पहाडको नागवेली लहरा जस्तै हो ।' पार्टीभित्र विवाद नभएको स्पष्ट पार्दै खनालले पार्टीभित्र संयमता र धैर्यता भएको बताए । उनले भने 'एमालेले निकै आँधीहुरी र हुण्डरी व्यहोरेर यहाँसम्म आएको हो अहिले केहि विवाद छैन् ।'
सहमतिमा बढि जोड दिएका खनालले गृह मन्त्रालयमा अल्भिmएर सवैको हित र आवश्यकतालाई पछि पार्न नहुने बताए । खनालले भने 'हामी लिने र दिनेको अवस्थामा छैनौं ।'
खनाल पोखरा विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा सहभागी हुन लेखनाथ आएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks