नयाँ दिल्ली, माघ १९ - भारतको दश दिने भ्रमणमा रहेका राष्टपति रामवरण यादवले बुधबारदेखि राजधानी नयाँ दिल्लीमा औपचारिक राजनीतिक भेटघाट थाल्दैछन् । प्रधानमन्त्री मनमोहन सिंहले बुधबार सांझ राष्ट्रपति यादवलाई हैदरावाद हाउसमा भेट्दैछन् । त्यसपछि भारतीय समकक्षी प्रतिभा पाटिलले यादवको सम्मानमा राष्ट्रपति भवनमा रात्री भोज आयोजन गर्ने छिन् ।
बिहान र अपरान्ह भने राष्टपतिलाई भेट्न उनी बसेको आइटीसी मौर्य होटलमा सत्तारुढ र विपक्षी दलका वरिष्ठ नेता तथा मन्त्री पुग्ने कार्यक्रम छ । सत्तारुढ गठवन्धनकी प्रमुख सोनिया गान्धी, उपराष्ट्रपति हमीद अन्सारी, लोकसभामा विपक्षी दलकी नेत्तृ सुष्मा स्वाराज र विदेशमन्त्री एसएम कृष्णाले राष्टपतिसंग भेटवार्ता गर्ने नया दिल्लीस्थित नेपाली दूतावासका अधिकारी यज्ञ हमालले जानकारी दिए ।
भोलि भने सभामुख मीरा कुमार, वित्तीय मन्त्री प्रणव मुखर्जी, रक्षा मन्त्री ए के एन्टोनी, गृहमन्त्री पी चिदम्बरम् लगायतले राष्टपतिलाई भेट्ने छन् । आफू पढेको कलेजमा आयोजना हुने दीक्षान्त समारोहमा भाग लिन शुक्रवार चण्डीगढ जाने राष्टपति यादव त्यसको भोलिपल्ट स्वदेश र्फकनेछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks