
सुरेन्द्र सुवेदी
संखुवासभा, फाल्गुन ५ - संघीय लिम्बुवान राज्य परिषदले जेठ १४ गते संविधान जारी नहुने भन्दै त्यसपछि पूर्व क्षेत्र नियन्त्रणमा लिने उदघोष गरेको छ । बिहीबार संखुवासभाको खाँदबारीमा पत्रकारसँग कुरा गर्दै परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वाले अरुण र कोशी पूर्वका ९ जिल्ला नियन्त्रणमा लिएर राज्य सत्ताको अभ्यास गर्ने बताएका छन् ।
परिषद संखुवासभाको पहिलो जिल्ला अधिवेशन गर्न आएका अध्यक्ष पालुङ्वाले भरखर बनेको झलनाथ खनाल नेतृत्वको सरकारले संविधान नबनाउने ठोकुवा गर्दै यो सरकार पनि संघीयता बिरोधी भएको दावी गरे ।
संघीय नेपालको संविधान बनाउन अवरोध गर्ने संविधानसभाका सबै दल दोषी हुने उनको भनाइ छ । उनले संघीय लिम्बुवान राज्य परिषदले पूर्व क्षेत्रलाई स्वायत्त बनाउन आन्दोलन छेडेपछि सबै दलले पार्टीको भातृ संगठन खोलेर लिम्बूवान आन्दोलनलाई निस्तेज पार्न खोजेको आरोप लगाए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks