Loving nepal news

Sunday, February 20, 2011

नेपाल सेमीफाइनलमा


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन ८ - नेपाल कुवेतमा जारी एसीसी वुमेन्स ट्वान्टी–ट्वान्टी महिला क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्दै नेपाल लिग चरणको एक खेल खेल्नु अगावै अन्तिम चारमा पुगेको हो ।
आइतबार केहीबेर अघि सम्पन्न खेलमा कुवेतलाई नेपालले ४७ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य पछ्याएको कुवेतले पूरै ओभर व्याटिङ गरे पनि ९ विकेट क्षतीमा मात्र ५६रन जोड्न सक्यो । कुवेतको इसनिङस खुम्च्याउन करुणा भण्डारीले ४, रुश्मी शर्माले २ र क्याप्टेन नेरी थापाले १ विकेट लिए ।
यसअघि टस हारेर व्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सीता रानामगरले २२ , रश्मी शर्माले २०, नेरी थापाले १०, मनिषा रावलले ९, सरिता मगरले ८ र जानकी भट्टले ३ रनको योगदान गरे । लिग चरणको अन्तिम खेलमा सोमबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks