Loving nepal news

Wednesday, February 9, 2011

भ्यालेन्टाइन डेटिङमा एक नम्बर


मुम्बई (एजेन्सी), माघ २७ - भ्यालेन्टाइन-डेका दिन डेटिङका लागि कटि्रना कैफ र रणवीर कपुर अगाडि देखिएका छन् । उनीहरू एक-अर्कासँग डेटिङमा अगाडि देखिएका भने होइनन् । हालै गरिएको सर्वेक्षणले युवा युवतीमाझ डेटिङका लागि उनीहरू सबैभन्दा बढी रुचाइएका हुन् ।

सर्वेक्षणमा कटि्रना र रणवीर बलिउड सूचीमा सबै अभिनेता र अभिनेत्रीभन्दा माथि छन् । सर्वेक्षणले साहिद कपुरलाई सबैभन्दा सेक्सी पुरुष भएको देखाए पनि प्रेमको कुरा अर्कै हो । डेटिङका लागि युवतीहरूको मन रणवीरले नै जितेका छन् । सर्वेक्षणमा महिला प्रशंसकबाट रणवीरले ३९ दशमलव ४ प्रतिशत मत पाएका छन् भने साहिदले ३७ दशमलव ७ प्रतिशत मात्र भोट पाएका छन् । तेस्रो नम्बरमा रहेका इमरानको मत भने १५ दशमलव ९ प्रतिशत मात्र छ । जबकि, रणवीर र अभयले क्रमशः ४ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशत पाए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks