Loving nepal news

Tuesday, February 8, 2011

पाचौं दिन पनि बन्द, जनजीवन थप कष्टकर

रमेशचन्द्र अधिकारी

धनकुटा, माघ २६ - लगातार पाँच दिनदेखि यातायात ठप्प भएपछि कोसी पहाडी जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ । मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् र यातायात व्यवशायी तथा मजदुर दोहोरो बन्दका कारण पाँच दिनदेखि धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा सवारी साधन नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

अलपत्र परेका सयौं यात्रुलाई विभिन्न स्थानबाट गएराति उद्धार गरिएको छ । प्रहरी स्कर्टिङ्मा राति तेह्रथुम तथा धनकुटाका विभिन्न स्थानबाट २५ सवारी साधन सञ्चालनमा ल्याइएको प्रशासन स्रोतले जनाएको छ ।

स्थानीय प्रशासनले आज सर्वपक्षिय वार्ताको पुनःप्रयास गर्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । लिम्बुवान परिषदले फोटो सहितको मतदाता संकलन कार्य तत्काल रोक्नु पर्ने माग अघि सारेको छ भने यातायात व्यवशायी तथा मजदुरले क्षतिपुर्ति उपलब्ध गराउन माग राखि दुवै पक्षले बन्दलाई निरन्तरता दिएका छन् ।

माइक्रोबसमा आगजनी गरेको घटनामा किटानी जाहेरी गरिएका परिषदका ११ कार्यकर्ता विरुद्ध प्रहरीले मुद्धा अघि सारेको छ । उसले आगजनीको घटनामा आफ्नो कार्यकर्ता सामेल भएको स्वीकार गरेपनि क्षतिपुर्ति भने राज्य पक्ष्ाले दिनुपर्ने अडान राखेपछि यस अघिका वार्ता निष्कर्ष विहिन बन्दै आएको छ ।

यसैबीच परिषदले आफ्नो स्वायत्त क्षेत्र दावी गर्दै आएको अरुण पुर्वका नौ जिल्ला समेत हिजोदेखि बन्द घोषणा गरेको छ । यसबाट ताप्लेजुङ, पाचथर, इलाम, झापा, सुनसरी र मोरङ समेत प्रभावित भएका छन् । परिषदले निर्वाचन आयोगले सञ्चालन गरेको फोटो सहितको मतदाता संकलन अभियान रोक्नु पर्ने भन्दै बन्द गरेको जनाए

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks