Loving nepal news

Thursday, February 17, 2011

माग सम्बोधन नभएसम्म सरकारमा नजाने फोरमको अडान


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन ५ - मधेसी जनअधिकार फोरम (नेपाल) आफ्नो तीनबुँदे माग सम्बोधन नभइन्जेल सरकारमा नजाने भएको छ । अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्वकर्ता दलबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता र विश्वासनीय आधार भएमा मात्र आफ्नो पार्टी सरकारमा सामेल हुने उल्लेख गरेका हुन् ।

फोरमाले जेठ १४ मै संविधान जारी, त्यसअघि शान्ति प्रक्रिया टुंगयाउने र मधेसका मुद्दा सम्बोधनलाई सरकारमा सामेल हुने प्रमुख सर्त तोकेको छ ।

बिहीबार रेडियो कान्तिपुरसँग कुरा गर्दै अध्यक्ष यादवले माग सम्बोधन नभए सवल प्रतिपक्षको भूमिकामा फोरम रहने बताए । एमाले र माओवादीले भने सरकारमा दुई तिहाई पुर्याउन फोरमलाई सरकारमा सामेल गराउने कसरत थालेको छन् ।

यसअघिका केही आकर्षक मन्त्रालय उसलाई दिन गठबन्धन सरकारको नेतृत्वकर्ता दल एमाले राजी भइसकेको छ । फोरमलाई सरकारमा सहभागी गराउन एमाले माओवादीका शीर्षस्थ नेताहरुले अध्यक्ष यादवसँग आज भेटघाट गर्नेछन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks